arrow

राप्रपाले बादललाई भोट हाल्दा पनि किन सुन्दैन अध्यक्ष लोहनीको गुनासो ओली सरकार ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
prakash-chandra-lohani.jpeg

काठमाडौं । बिहीबार राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । एक पदका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी स्कूलमा बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । 

निर्वाचन आयोगले सम्पूर्ण स्वास्थ्य मापदण्डको पालन गरी निर्वाचन गराउने जनाएको छ । निर्वाचनका लागि मुख्य बुथ २ वटा र एउटा विशेष बुथ गरी ३ निर्वाचन केन्द्र बनाइएको छ । जसमा एउटा बुथ सांसदको लागि, एउटा मेयर–उपमेयर र गाउँपालिका प्रमुख, उप–प्रमुखको लागि र एउटा कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताका लागि छुट्टाइएको छ । मतदाताको लागि कोरोना रिपोर्ट भने अनिवार्य गरिएको छैन । 

उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् । 

प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बादललाई मत दिने निर्णय गरिसकेको छ । राप्रपाको बागमती प्रदेशमा केही न केही प्रभाव छ । 

अचम्म त के भने राप्रपाले फाटफुट अन्य प्रदेशमा केही प्रतिनिधिहरुले जितेको र झापाबाट त प्रतिनिधिसभा सांसद नै भए पनि (यो पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको जोडबलको सहयोगले) राप्रपाको पकड बागमती प्रदेशमै हो । 

यसको प्रमाण हो राप्रपाका तीनै जना अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बागमतीकै हुन् । 

तर भोट एमालेको सत्तारुढ उम्मेदवारलाई दिने भए पनि त्यही पार्टीका अध्यक्ष लोहनीले भने सरकारमाथि नै गुनासो गरेका छन् । 

उनले आफूले कोरोना भाइरसविरुद्धको खोप लगाउन नपाएकामा गुनासो गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा उनले ७०  वर्ष  काटेकाले आफू र श्रीमतीले गत फागुन २३ गते ओम अस्पतालमा पुगेर कोरोनाको पहिलो खोप लगाएको तर आठ हप्तापछि आउनु भनिए पनि अहिलेसम्म खोप लगाउने अत्तोपत्तो नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

त्यतिमात्र हैन उनले सरकारले यसबारेमा जवाफ दिन नचाहेको आरोप पनि लगाएका छन् । उनले यसको बारेमा विरोध गर्दै सडकमा जान पनि निषेधाज्ञाले रोकेको र बालुवाटार वा स्वास्थ्य मन्त्रालयमा जाँदा कसैले पनि नसुनेको गुनासो पनि गरेका छन् । 

उनले सरकार बनाउन र एकले अर्कालाई पछार्न व्यस्त रहेको गुनासो पनि गरेका छन् । तर धन्य राप्रपा यति धेरै गुनासोको चाङ हुँदा पनि फेरि तिनै प्रधानमन्त्री केपी शर्मा ओलीको नाक राखिदिन लम्पसार परिरहेछ उनै सामू । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ