arrow

राष्ट्रिय सभाको मतदान सकिनुअघि आधा घण्टाको अन्तरमा एमाले स्थायी कमिटी र मन्त्रिपरिषद बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
kp-sharma-oli-final.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बिहीबार आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । राष्ट्रिय सभाको उपनिर्वाचन नसकिँदै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको हो । 

एमाले कार्यालय सचिव एवं सांसद शेरबहादुर तामाङका अनुसार एमालेको विवाद समाधान गर्न बनेको कार्यदलको कामकारवाही र बैठकमा भएका विषयहरुको बारेमा बैठकमा कार्यदलका सदस्यहरुले जानकारी गराउने छन् । 

साथै अन्य राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले जानकारी दिए । बैठकमा माधवकुमार नेपाल पक्षले रामबहादुर थापा बादललाई सहयोग गरेको नगरेको विषयमा पनि छलफल हुने बताइएको छ । 

त्यस्तै स्थायी कमिटीको बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । मन्त्रिपरिषद् बैठक स्थायी कमिटी लगत्तै अर्थात् २ः३० बजे बस्न लागेको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठक नियमित भएको र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुने ती मन्त्रीले बताए । यो मन्त्रिपरिषद् बैठकले सदन आह्वानको सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रीले बताएका छन् । 

यही अधिवेशनबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी भैरहेको छ । साथै नीति तथा कार्यक्रमअघि विश्वासको मत लिनेबारे छलफल गरिरहेका प्रधानमन्त्री ओलीले बिहीबार नै संसद बैठक आह्वान गर्न सक्ने संभावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ