arrow

मौन अवधिमा मत माग्ने मन्त्री लगायतलाई कारबाही गर्न काँग्रेसको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
election-commission1-1618997712.jpg

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । 

कांग्रेस संसदीय दलले दलको बुधबारको बैठकको निर्णयानुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाहीका लागि अनुरोध गरिएको जनाइएको छ । 

वाग्मती प्रदेशमा राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि बिहिवार मतदान हुँदैछ । निर्वाचन आचारसंहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधिको समय तोकेको छ । सो अवधिमा निर्वाचन प्रचारप्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरिएको छ । 

कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले नेकपा(एमाले)का अध्यक्षको हैसियतले र मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारका पक्षमा मत मागेको आरोप लगाउँदै निर्वाचन आचारसंहिता पालना गर्नु सबैको साझा कर्तव्य भएको र स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको स्मरण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ