arrow

कोरोनाको उपचारको नाममा आयुर्वेदीय औषधिहरुको भ्रामक प्रचार नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
aayurvedik-council.jpg

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद नेपालले कोरोना भाइरसबारे जथाभावी अभिब्यक्ति नदिन र आयुर्वेदीय औषधिहरुको भ्रामक प्रचार नगर्न आग्रह गरेको छ ।

परिषदका रजिष्ट्रार डा.निर्मल भुषालले एक विज्ञप्तिमार्फत परिषदमा दर्ता नभएका अनधिकृत ब्यक्तिहरुबाट आयुर्वेद एवम जडिबुटी विज्ञका रुपमा हन्तरवार्ता एवम कोभिड–१९ उपचारको अनावश्यक दावी गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

परिषदमा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विभिन्न भनाइ, लेख, अन्तरवार्तामार्फत आफ्ना विचार प्रश्नुत गर्दा शास्त्र एवम वैज्ञानिक तथ्य र वैकल्पिक चिकित्सा विभागको ‘नेपालमा कोभिड–१९ का रोकथामका उपाय तथा व्यवस्थापनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका’को पालना गर्न अनुरोध समेत गरेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ