arrow

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : साढे ४ बजेदेखि मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
hetauda-election.JPG

हेटौडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ । योसँगै  अपरान्ह साढे ४ बजेदेखि मतगणना  सुरु गरिने प्रमुख निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताएका छन् ।

प्रदेशका ३ सय ४७ मतदाता मध्ये ३ सय ३८ मत खसेको छ । स्थानीय तहबाट दुई सय ३८ मतदातामा  २ सय ३३ मत खसेको छ । 

प्रदेश सभाबाट १०९ मतदाता मध्य १०५ मत खसेको निर्वाचन अधिकृतश्रेष्ठले जानकारी दिए ।उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  छ । 

निर्वाचन अधिकृत श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ