arrow

बादल पराजित, खिमलाल विजयी 

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ जेठ ६ बिहिबार
Khimlal-devkota.jpg

हेटौंडा। वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । सत्तारुढ दल एमालेबाट उम्मेदवार बनेका राम बहादुर थापा बादललाई देवकोटाले हराएका हुन् । 

बिहीबार अपराह्न सम्पन्न उपनिर्वाचनमा १०५ प्रदेशसभा सदस्यले मतदान गरेकोमा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

यसैगरी स्थानीय तहका प्रमुख र उपप्रमुखहरु २३३ जनाले मतदान गरेका थिए । जसमा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुने आयोगले बताएको छ ।

एमालेका उम्मेदवार बादल सूर्य चिन्ह लिएर मैदानमा थिए । यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा. देवकोटाले कलम चिन्ह र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले मादल चिन्ह लिएर चुनावी मैदानमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ