- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको अधिवेशन जेठ ९ गते प्रारम्भ हुने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिला नाथ श्रेष्ठका अनुसार जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
सर्वोच्च अदालतले गैर सांसद मन्त्रीको पुनः नियुक्ति बदर गरेकै दिन क्याबिनेटले यस्तो निर्णय गरेको हो । गैर सांसद मन्त्रीको पुनः नियुक्ति संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ ।