arrow

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
bidyadevi.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार (आज) बसेको मन्त्रीपरिषद् बैठकको सिफारिसमा शपथसम्बन्धी अध्यादेश २०७८ र कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन् । 

राष्ट्रपति कार्यालयले मन्त्रीपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरिएको जनाएको छ । नेपालमा हालसम्म शपथसम्बन्धी कानुन छैन । कानुन नै नभएको अवस्थामा शपथ लिँदा राष्ट्रपतिबाटै तय गरिएको भाषा अनुसार नै शपथ हुँदै आएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ३१ वैशाखमा प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगर्दा विवाद बढेको थियो । त्यसपछि सरकारले शपथ सम्बन्धी अध्यादेश ल्याइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ