arrow

एकै दिन बादललाई दुई झट्का, पद खुस्किए पनि झन्डासहित स्कटिङमै फर्किए

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ जेठ ६ बिहिबार
badal-jhadka.jpg

हेटौँडा  । राष्ट्रिय सभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटा विजयी भएपछि गृहमन्त्री राम बहादुर थापा बादललाई डबल झट्का लागेको छ । बिहीबार हेटौँडाको भटन्देवी स्कुलमा भएको मतदानमा गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादललाई हराएका हुन् ।

मतभार अनुसार बादलले ४ हजार १४ मत ल्याउँदा खिमलालले ५ हजार ८८ मत ल्याएर विजयी बनेका हुन् । स्थानीय तहमा जनप्रतिनिधि तर्फको जम्मा खसेको २ सय ३३ मत मध्ये गृहमन्त्री  बादलले १ सय ३ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले १ सय २८ मत प्राप्त गरे । 

त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्णबहादुर तामाङले २ मत प्राप्त गरे ।बागमती प्रदेशसभाका १ सय ५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

No description available.

बिहीबार दिउसोबाटै पूर्व गृहमन्त्री बनेका बादललाई ठुलै झट्का लाग्यो । हेटौँडामा बिहानैदेखि पानी परिरहेको थियो । झरीमा छाता ओढेर मतदान स्थलको अवलोकन गरेका थिए । बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकियो । बिहानै ९ बजे  साढे ४ बजेदेखि मतगणना सुरु भयो ।

यता मतगणना सुरु हुँदै गर्दा उता सर्वोच्च अदालतबाट अशुभ खबर आयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशङ्कर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्‍यो ।

बिहानदेखि मतदान स्थलमा मुख्यमन्त्री डोरमणि पौडेलसँगै चौरमा राखिएको टेन्ट भित्र बसेका बादल दिउसो साढे २ बजेतिर मतदान स्थलबाट हेटौँडाको होटेल एबोकाडोमा पुगे । करिब साढे २ बजे मतदान स्थलबाट बाहिरिएका बादल होटेलमा पुगेर त्यहाँबाट एमाले पार्टी कार्यालय हुँदै पुनः मतदान स्थलमा आउने भनिएको थियो तर उनलाई अदालतको निर्णयले झट्का लागेपछि उनी कतै गएनन् ।

No description available.

राष्ट्रियसभाको मतगणना आइँदा उनको गृहमन्त्री पद चिप्लिसकेको थियो । एकै छिन पछि स्थानीय तहको मत परिणाममा उनलाई खिमलाल देवकोटाले पछारिसकेका थिए । एकै छिन पछि प्रदेश सांसदको पनि परिणाम आयो, त्यसमा पनि देवकोटाले नै बाजी मारे । त्यसपछि बादललाई अर्को झट्का लाग्यो । ऊनी अब होटेलबाट मतगणना स्थलमा जाने कुरै भएन । उनी साँझ साढे ५ बजे उनी बसेको होटेल एबोकाडोबाट बाहिरिए । 

बादल हेटौँडा आउँदा झन्डावाल गाडीमा, स्कटिङ सहित आएका थिए तर उनको पद चिप्लियो । पछीपनि उनी हेटौँडाबाट बाहिरिँदा झन्डावाल गाडीसहित प्रहरीले स्कटिङ गरेर उनलाई मकवानपुर कटाएको छ ।हेटौँडाबाट साढे ५ बजे साँझ निस्किएका उनलाई जिल्ला प्रहरी कार्यालयले स्कटिङ गरेर मनहरिसम्म पुर्‍यायो । 

त्यसपछि इन्स्पेक्टरको कमान्डमा मनहरिबाट चितवन र मकवानपुरको सिमानाको लोथर सम्म पुर्‍याइयो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालयका चितवनका एसपीले स्कटिङ गरेर लागेका छन् ।  उनको पद चिप्लिए पनि उनी बहालवाला मन्त्री सरह झन्डावाल गाडीमा स्कटिङमा काठमाडौँ फर्किएका छन् ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ