arrow

खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधान माथिको आक्रमण रोकिएन: डा.भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अनिश्चित र ‘हुनसेन स्टाइल’ चुनावको अंध्यारो सुरुङ्गमा धकेल्नेहरुलाई दण्डित र परास्त गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आव्हान गरेपछि डा.भट्टराईले त्यसको प्रतिवाद गरेका हुन् ।

विहीबार राति सामाजिक संजालमार्फत प्रतिक्रिया जनउँदै उनले लेखेका छन्, ‘खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधान माथिको आक्रमणको शृंखला नरोकिने भयो। कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित र परास्त गरौं। सबैले दलीय÷निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६(५)बाटै निकास दिऊॅ ।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएसँगै राजनीतिक माहोल तातेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ