arrow

वैशाखमा निक्षेप र कर्जा बढाउनेमा कुमारी पनि अघि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
kumari.jpg

काठमाडौँ। वैशाख महिनामा निक्षेप र कर्जा बढाउनेमा कुमारी बैङ्क पनि अघि देखिएको छ। वैशाखमा कुमारी बैङ्कले ६ अर्ब ४८ करोडले निक्षेप बढाएको छ। कुमारीले कर्जा नै २ अर्ब ४८ करोडले बढेको छ।

वैशाखमा बैङ्कहरूको निक्षेप ११ अर्ब ४२ करोड रुपैयाँले बढ्दा कर्जा ३७ अर्ब २ करोड रुपैयाँले बढेको छ।

वैशाख मसान्तसम्म बैङ्कहरूको निक्षेप ३९ खर्ब ५५ अर्ब रुपैयाँमा पुग्दा कर्जा भने ३६ खर्ब १० अर्ब रुपैयाँसम्म पुग्यो।

कुमारी बैङ्कले अहिले बिना धितो फोनबाटै कर्जा लिन सकिने गरी ‘फोनलोन’ स्किम अघि सारेको छ। कुमारीले बचतकर्तालाई समयानुकूल सुविधा पुग्ने गरी स्किम अघि सारेकै कारण निक्षेप र कर्जा विस्तारमा अघि देखिएको हे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ