arrow

चीनले हिन्द महासागरमा पहुँच स्थापित गर्न जीबुटी नौसेना बेसमा ठुलो विमान वाहक जहाज थप

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
china-shandong-aircraft-carrier.jpg

बेइजिङ। चीनले जीबुटीस्थित चिनियाँ नौसेनाको बेसमा ठुलो विमान वाहक जहाज थप गरेको छ। पूर्वी अफ्रिकी राज्य जीबुटीमा रहेको चिनियाँ नौसेना बेसबाट हिन्द महासागरमा पहुँच स्थापित गर्न सहज हुने भएका कारण विमान वाहक जहाज थप गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन्।

नयाँ जहाज थप गरिएसँगै चीनले विगतको शक्ति केन्द्रभन्दा बाहिर गएर पनि आफ्ना गतिविधिहरू सञ्चालन गर्न पाउने भएको छ। चीनले अब सहजै पूर्वी र दक्षिण चीन सागरमा पनि आफ्ना गतिविधिहरूलाई सहज रूपमा गर्न पाउने भएको हो।

चीनको मुलुकबाहिर रहेको पहिलो सैन्य बेस हिन्द महासागर र द रेड सिको नजिकै रहेको रणनीतिक क्षेत्र बाब इल मानडेबमा रहेको छ। सन् २०१७ मा स्थापना गरिएको यस नौसेना बेसबाट चीन सरकारले समुद्री क्षेत्रमा हुने तस्करीका गतिविधिहरू रोक्ने गरेको चिनियाँ सञ्चारमाध्यम हरुले जनाएका छन्।

उक्त क्षेत्रमा हाल बेइजिङका दुई वटा विमान वाहक जहाजहरू रहेको छन्। जसमा लियाओनिंग युक्रेनबाट खरिद गरिएको हो। अर्को भनेको चीनले आफैँ निमार्ण गरेको सान्दोंग रहेको छ। हाल थप गरिएका नयाँ जहाज पनि चीन आफैँले निमार्ण गरेको हो। आगामी केही वर्षमा थप विमान वाहक जहाजहरू विकास गरिनेसमेत जनाइएको छ।

जापान, अमेरिकालगायतका मुलुकहरूले खुला र स्वतन्त्र इण्डो प्यासिफिकको अवधारणलाई विस्तार गरिरहेको समयमा चीनले जीबुटीमा नयाँ विमान वाहक जहाज थप गर्नुमा रणनीतिक महत्त्व रहेको विज्ञहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ