तेलअभिभ । इरानस्थित हर्मुजको जलमार्गमा ढुवानी लगभग ठप्प भएको छ । दैनिक केवल १० वटा जहाजहरू मात्र गुज्रिरहेका छन् ।
सोमबार केवल १० वटा जहाजहरू हर्मुजको जलमार्गबाट गुज्रिएका थिए । जुन एक महिनाभन्दा बढी समयको सबैभन्दा कम स्तर हो ।
समुद्री डेटा कम्पनी केप्लरका अनुसार युद्ध शुरू हुनुभन्दा पहिले दैनिक १३० भन्दा बढी जहाजहरू यस मार्गबाट पारगमन गर्थे ।
विश्वको सबैभन्दा ठूलो ढुवानी समूह, बिमकोका प्रमुख सुरक्षा अधिकारी ज्याकब लार्सनले हालको अवस्थाले जहाज मालिकहरूका लागि हर्मुजको जलमार्गबाट पारगमनलाई जोखिमपूर्ण बनाएको बताए ।
"जोखिम धेरै ठूलो छ। त्यसैले धेरै जहाज मालिकहरूले केही समय पर्खनु नै उत्तम हुनेछ," उनले भने।