arrow

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हेटौँडा अस्पताललाई हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
shivam-cement-logo.jpg

काठमाडौँ। नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई १९० थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रूपमा प्रभाव परिरहेको यस विषम परिस्थितिमा देशका विभिन्न अस्पतालहरूमा अक्सिजन, बेड तथा स्वास्थ्य सामाग्री अभाव भई रहको परिस्थितिलाई मध्य नजर गर्दै कम्पनीले उद्योग स्थल स्थित हेटौँडा उपमहानगरपालिको हटियामा अवस्थित बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिन्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सिसियू बेड तथा ५ थान उक्त बेडहरूमा जडान गरिने मेडिकल मनिटर हरू शिवम् सिमेन्ट्स द्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको जनाएको छ।

'प्राणवाय' अक्सिजन सहितका सिलिन्डर, मेडिकल बेड, सिसियू बेड, मनिटर उपकरण समेतको यी स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य उपचारबाट वञ्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरूलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग पुग्ने कम्पनीले जनाएको छ।

यस अगाडी पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी,  दैविक प्रकोप, राहत सामाग्रीहरू, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरूमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आइएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ