arrow

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट, भण्डारीको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
Supreme-Court-Nepal.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नयाँ सरकार गठनका लागि गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न संविधानको धारा ७६ (५) अनुसार गरेको आह्वान संविधान विपरीत भएको भन्दै अधिवक्ताहरु सन्तोष भण्डारी, नवराज पाण्डे, सुजन नेपालले रिट दायर गरेका हुन् ।
 
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई विपक्षी बनाइएको छ । अधिवक्ता भण्डारीले हाम्राकुरासँग भने, ‘रिट दायर गरेका छौं, दर्ता हुने प्रक्रियामा छ ।’

रिटमा राष्ट्रपतिको आहवानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने भन्दै रिट निवेदनको टुंगो नलागेसम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न अग्राधिकारसमेत माग गरिएको छ ।
यस्तो छ रिटको पत्र–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ