arrow

विपक्षी दलहरूको निर्णायक छलफल सिंहदरबारमा

बुढानीलकण्ठमा बसेको बैठकले माधव नेपाललाई प्रधानमन्त्रीको रूपमा अघि सार्‍यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
five-parties-parliament-office.jpg
फाइल तस्बिर

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्न दिएको समयभित्रै नयाँ सरकार बनाउनेबारे  काँग्रेस सहित एमालेको एक समूह निर्णायक वार्ता थालेका छन्। नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल समूहले अहिले काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्णायक छलफल गर्न थालेका हुन्। सो बैठकमा नेपाल भने सहभागी भएका छैनन्। उनी आन्तरिक छलफल सकाएर बैठकमा सहभागी हुने बताइएको छ।

विपक्षी दलले एमालेको एउटा समूहका नेता माधव नेपाललाई प्रधानमन्त्रीलाई अघि सारेपछि अहिले नेपाल पक्षका सांसदहरू सिंहदरबारमा भेला भएका छन्। नेपाल समूहका सांसदहरू भेला भएपछि अहिले काँग्रेस संसदीय दलको बैठक विपक्षी दलको बैठक सुरु भएको हो।

सबै दलहरू आन्तरिक रूपमा दलहरूभित्र छलफल गरेर अनि निर्णायक वार्ता गर्ने तयारीमा लागेको हुन्। राष्ट्रपतिले बिहीबार बेलुका ८ बजे संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभाका सदस्यलाई विश्वासको मत पुर्‍याउने आधार प्रस्तुत गर्न शुक्रवार साँझ ५ बजेसम्मको समय दिएकी छिन्।

बिहान बुढानीलकण्ठमा बसेको बैठकले माधव नेपाललाई प्रधानमन्त्रीमा अघि सार्ने भएपछि नेपाल समूह अहिले छलफलमा जुटेको थियो। नेपाल समूह जता मिलेको छ त्यतैबाट सरकार बन्ने सम्भावना बढेपछि नेपाललाई सहयोग गर्न विपक्षीहरू तयार भएको स्रोतको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ