arrow

रुसमा करिब ५० लाख सङ्क्रमित पुगे

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
russia9.jpg
फाइल तस्बिर

मस्को। रुसमा कोरोना भाइरसका करिब ५० लाख जना सङ्क्रमित पुगेको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका सङ्क्रमित पुगेका बताइएको छ।

रुसमा गएको २४ घण्टामा ९ हजार २३२ जना सङ्क्रमित पुगेका बताइएको। गएको २४ घण्टामा देखिएको यो सङ्ख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो। यहाँ गएको २४ घण्टायता ३९६ जना सङ्क्रमितको ज्यान गएको बताइएको छ। पछिल्ला केही हप्ता यता यहाँ कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या निरन्तर बढ्दो देखिएको छ।

रुसमा सबैभन्दा बढी यहाँको मस्को सहरमा सङ्क्रमित भएका छन्। यो क्षेत्रमा सुरुदेखि नै कोरोनाका सङ्क्रमितहरू बढेका हुन्। यहाँ रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ। तर खोप दिई नै रहेको भए पनि यहाँ सङ्क्रमितहरू पनि बढिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ