arrow

डा.बाबुराम भट्टराईको संकेतः ‘खुराफात शीरोमणि’हरुले पुनःजालझेल गर्न सक्छन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषदका अध्यक्ष एवम पूवप्रधानमन्त्री डा.बाबुराम भट्टराईले खुराफात शीरोमणिहरुले पुनःजालझेल गर्नसक्ने संकेत गरेका छन् ।

धारा ७६(५)वमोजिम १४९सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु र जालझेल गरी टार्ने ठाउॅ नभएको पनि उल्लेख गरेका छन् ।

विपक्षी गठवन्धनबाट सरकारमाथि दाबी गरिरहेका बेला डा. भट्टराईले खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने पनि बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘धारा ७६(५)वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु/जालझेल गरी टार्ने ठाउॅ छैन। खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ है।’

संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन प्रक्रिया शुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आब्हान गरेको समयावधि सकिन लाग्दा डा. भट्टराईको प्रतिक्रिया आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ