arrow

कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै महन्थ र उपेन्द्रको लडाइँ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
jasapa-combile-letter.jpg

काठमाडौँ। शनिवार बोलाइएको कार्यकारिणी समितिको बैठक राख्ने कि स्थगित गर्ने भन्ने विषयमै जनता समाजवादी पार्टीको अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवबिच लडाइ सुरु भएको छ।

ठाकुरले ८ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित भएको बताएका छन्। उनले करोनाको महामारीको कारण देखाउँदै बैठक स्थगित भएको बताएका छन्। ठाकुरले विज्ञप्ति निकालेको लगत्तै उपेन्द्र यादवले अर्को विज्ञप्ति निकाले। ८ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित नभएको यादवले बताएका छन्।

कार्यकारिणी समितिमा यादव बहुमतमा छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा २८ जना कार्यकारिणी समितिका सदस्य छन्। आफू बहुमतमा नभए पछि ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाउन इन्कार गरेका छन्। यसअघि वैशाख १४ गते बोलाइएको कार्यकारिणी समितिको बैठकलाई ठाकुर पक्षले बहिस्कार गरेको थियो।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै शुक्रवार यादव पक्षका १३ जना सांसदहरूले हस्ताक्षर गरेका छन् तर ठाकुर पक्ष भने केपी ओलीविरुद्ध नजाने घोषणा गरेको छ।

ओली सरकार ढाल्ने कि ओली सरकारलाई निरन्तरता दिने विषयमा जसपा प्रस्ट सँग दुई कित्तामा बाँडिएको छ। गत मङ्गलवार ठाकुर र यादवले गरेको ८ बुँदे सहमति पनि खेर गएको छ।

८ बुद्धे सहमतिमा हस्ताक्षर गरे लगत्तै ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएको भन्दै संसद् सचिवालयमा चिठी लेखेका थिए। यादवले पक्षले पनि महतोलाई दलको नेता चयन नगरिएको भन्दै सचिवालयमा अर्को चिठी लेखेको छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ