arrow

पशुपति क्षेत्रमा कोरोना लागेर मृत्यु हुनेको शव गाडेर भाग्दै !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
pashupati-sab.jpg

काठमाडौँ । देश र हिन्दु धर्मालम्वी हरूको पवित्र स्थल एवं विश्व सम्पदा सूचिमा सूचीकृत पशुपति क्षेत्रमा क्रिश्चियन धर्मालम्वीहरुले अवैधानिक गतिविधि गर्ने गरेको पाइएको छ । 

कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएकाहरूको शवलाई पशुपति मन्दिरको पल्लोपट्टि रहेको जङ्गलमा गाडेर भाग्ने गरेको पाइएको हो । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा ऋषिमुनि, महात्माहरूले तपस्या गर्दै आएको इतिहास छ भने अहिले पनि ध्यान गर्ने मानिसहरू सोही क्षेत्रमा पुग्ने गर्दछन् । पवित्र श्लेष्मान्तक वनमा शव नगाड्न, चिहान नबनाउन र अन्य वैकल्पिक व्यवस्था गर्न सर्वोच्च अदालतले यसअघि फैसला गरेको छ । 

यसरी विश्व सम्पदा सूचिमा सूचीकृत देशकै महत्त्वपूर्ण सम्पदा स्थलमा जथाभाबी शव गाड्दा समस्या हुने देखिन्छ । यस अघि शव गाड्ने दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि गौशाला प्रहरीमा बुझाइएको थियो । पाशुपत क्षेत्रको संरक्षणमा सरकारको नीतिगत काम कारबाहीलाई अघि बढाउनुपर्ने देखिन्छ ।

हिन्दुको पवित्र स्थलमा जनजातिहरूले शव गाड्ने गरेको भए पनि पछिल्लो समय पशुपति विकास कोषले रोकेको छ । तर महामारीको समय वनमा शव गाडेर भागेको पाइएको छ । 

शुक्रवार बिहानको समय जङ्गलमा योग गर्न निस्किएका सामाजिक धार्मिक अभियन्ता सागर कटवालले शव गाडिएको देखे । मलामी आएकामध्ये एक जनालाई घुमाउरो किसिमले कुराहरू उनले सोधपुछ गर्दा मृतक क्रिश्चियन रहेको सुनाए । सोही समय उनले भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक पनि गरेका छन् । भिडियोमा काठमाडौँ नगर प्रहरी समेत देखिएका छन् भने भिडियो खिचेको केही समयअघि त्यहाँ मान्छे गाडिएको स्थान समेत उनले भिडियोमा देखाएका छन् । प्रत्यक्षदर्शी कटवालले सरकारी आदेशमा नै यो भइरहेको हुनसक्ने आशङ्का गरेका छन् । शव गाड्न आएकाहरू पिपिई, फेससिल्ड लगाएर पुरै तयार भएर आएको उनले बताएका छन् । 

यता पशुपति विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले पवित्र श्लेष्मान्तक वनमा कुनै पनि जात जातिका मानिसहरूको शव गाड्न अनुमति नभएको बताए । उनले भने,' पवित्र बनमा सन्त, महात्मा, पुरी, भारती लगायतको शव बाहेक अन्यको  गाड्न पाइदैन । दुई महिनामा दुई वटा शव गाडिएको पाइएको छ । पहिलेको तुलनामा शून्य प्राय भएको हो । विकास कोषका गर्डहरु सो स्थानमा पुग्दा शव गाडि भागी सकेका रहेछन् ।' 

'यस प्रकारका घटनाबारे हामीले सरकारको बारम्बार ध्यानाकर्षण गराएका छौ । जब सम्म विकासकोषले आफ्नो जमिनमा पर्खाल लगाउँदैन यस्ता घटना दोहोरिन्छ । एयरपोटदेखि चाबहिलसम्मको जमिनमा पर्खाल लगाउनु नै उत्तम उपाय हो ।' पर्खाल लााउने कुरा कोषको यस वर्षको बजेटमा समावेश गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ