arrow

'ओलीले मधेसका माग पूरा गराउने भएकाले समर्थन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
Rajendra-Mahato.jpg.jpeg

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)  संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो । 

 नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरुले उनलाई समर्थन जनाउने निर्णय गरेको जानकारी दिए । “हाम्रा मुद्दालाई वर्तमान सरकारले सकारात्मक रुपमा लिएको हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेका छौँ”, उनले भने । 

बैठकमा बिहीबार प्रधानमन्त्री ओलीसँगको छलफलबारे अध्यक्ष ठाकुर र नेता महतोले आफ्ना सांसदलाई ब्रिफिङ गरेका थिए । बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । 

जसपाको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसहित जसपा सांसदहरुको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबीसहित राष्ट्रपतिलाई निर्धारित समयअघि नै हस्ताक्षर बुझाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ