arrow

विभिन्न बहानामा नेपाललाई रणभुमि बनाउने षडयन्त्र भयो : सुजाता कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
sujata-koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले संसद भंग गर्ने र मध्यावधि चुनावको मिति तोक्ने दुर्भाग्यपूर्ण निर्णय भएको प्रतिक्रिया दिएकी छन् ।

कोरोना महामारीका कारण जनता पीडामा छटपटाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मध्यरातमा संसद भंग गर्नु दुर्भाग्यपूर्ण निर्णय भएको बताएकी हुन् ।

सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै कोइरालाले संविधानको रक्षा र पालना गर्नुपर्ने संस्था नै बारम्बार संविधानको मर्ममाथि प्रहार गर्ने र देशलाई अस्थिरताको चक्रमा लैजाने नियोजित पात्रको रुपमा प्रयोग हुनु दुखद भएको बताइन ।

‘कोरोना महामारीबाट देश नै थलिएको अवस्थामा निर्वाचनको तयारी कसरी हुन सक्छ ?’ भन्ने प्रश्न उठाउँदै कोइरालाले भनिन्, ‘यो कदम केवल देशलाई द्वन्द्धमा लैजाने, अस्थिरता सिर्जना गर्ने र विभिन्न बहानामा नेपाललाई रणभुमि बनाउने षडयन्त्रको एउटा कडी  हो। एउटा जननिर्बाचित सरकारले जनता र देशप्रति गरेको यो अक्षम्य धोका र संविधानप्रति गरेको  प्रहारको घोर भर्त्सना र निन्दा गर्दछु।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ