arrow

प्रतिगमन भाग–२ को डटेर प्रतिवाद गर्न माधव नेपालको आव्हान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
madhav-nepal.JPG

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणालाई प्रतिगमन भाग २ को संज्ञा दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराती प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

राष्ट्रपतिको कदमबारे शनिवार बिहान आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् ।

उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ