arrow

संसद विघटनविरुद्ध विपक्षी दल एक ठाउँमा, थप रणनीति तय गरिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
deuba-dahal-yadav.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनका बिरुद्धमा एक ठाउँमा उभिएका विपक्षी दलहरु थप रणनीति तय गर्न जुटेका छन् । 

विपक्षमा रहेका गठवन्धन आबद्ध दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र-बबुराम समूह र एमालेको माधव नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध एक ठाउँ उभिएका हुन् ।

यी दलहरुको बैठक अहिले भर्खरै संसद भवन नयाँ बानेश्वरमा शुरु भएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी छन् ।

बैठकमा विपक्षमा रहेका दलहरुले संसद विघटन बिरुद्ध संयुक्त रुपमा कानुनी र राजनीतिक लडाइ लड्ने गरी तयारी गरेको बताइन्छ । यसअघि शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकलेसमेत संसद विघटनको विरोधमा कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ