arrow

विपक्षी दलको निर्णय : संसद् विघटन विरुद्ध राजनीतिक र कानुनी लडाइमा उत्रने

अगाडी बढ्न सबै राजनीतिक दल र जनतामा आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
five-parties-joint-statement-sign.jpg

काठमाडौँ। प्रतिनिधि सभा विघटनका विरुद्ध विपक्षी दलहरूले राजनीतिक तथा कानुनी लडाइमा उत्रने निर्णय गरेका छन्। बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी गठबन्धनमा आबद्ध दलहरूको बैठकले प्रतिनिधि सभा विघटन विरुद्ध राजनीतिक तथा कानुनी लडाइमा अघि बढ्ने निर्णय गरेका हुन्।

बैठकपछि पाँच दलले संयुक्त रूपमा प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि बहुमत सांसदसहित दाबी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गरेको भनेका छन्।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चासहितको संयुक्त गठबन्धनले सो कदमबाट संविधानको मर्ममाथि नै प्रहार भएको भन्दै आम राजनीतिक दल र जनतालाई समेत अगाडी बढ्न आह्वान गरिएको छ।

बैठकबाट बाहिरिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको प्रतिक्रिया दिए। 
उनले संविधानको हत्या गर्ने षड्यन्त्र अनुरूप सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेको आरोप लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ