arrow

विप्लवको तर्क: दलहरु जनमत संग्रहका लागि तयार भए संयुक्त सरकारमा जान्छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
chand-biplab.jpg

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने भए संयुक्त सरकारमा जान तयार रहेको बताएको छ ।

संसद विघटन र चुनावको मिति घोषणा भएको भोलिपल्ट शनिवार एक वक्तव्यमार्फत महासचिव विप्लवले यस्तो निर्णय सार्वजनिक गरेका हुन् । विप्लवले संसद विघटन र निर्वाचन घोषणाले संसदीय व्यवस्था असफल सावित भएको भन्दै वैज्ञानिक समाजवाद कि दलाल पूजीवाद भन्ने विषयमा जनमत संग्रहमा जानुपर्ने पनि बताएका छन् ।

‘लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

जनमतसंग्रहका लागि दलहरु तयार हुने हो भने संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको विप्लवले बताएका छन् । फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई झन्‌ ठूलो अन्तरविरोध र सङ्‌कटमा धकेल्ने चालमात्र भएको विप्लवको तर्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ