arrow

बाँकेमा थप ६ सङ्क्रमितको मृत्यु

logo
सौरभ गिरी,
प्रकाशित २०७८ जेठ ८ शनिबार
corona-lumbini-province.jpg

नेपालगन्ज ।बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका १ जना, दाङ र बर्दियाका २/२ जना तथा सल्यानका १ जना छन् । 

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत राजापुर २ बर्दियाका ५० वर्षीय पुरुष, तुलसीपुर १२ दाङकी २८ वर्षीया महिला र त्रिवेणी ३ सल्यानका ६५ वर्षीय पुरुषको  कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत खजुरा २ बाँकेका ५३ वर्षीय पुरुष, गुलरिया १२ बर्दियाका  ५९ वर्षीय पुरुष र तुलसीपुर ५ दाङका ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट बाँकेका २ सय ७३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २३२ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ