arrow

२४ घण्टामा ८ हजार ८ सय सङ्क्रमण मुक्त, १ सय २९ जनाको ज्यान गयो

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ ८ शनिबार
corona-variant.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप  १ सय २९ जनाको कोभिड१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै कुल मृतक सङ्ख्या ६ हजार १ सय ५३ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ८ सय ६ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ