arrow

अमेरिकी र स्विस सरकारबाट स्वास्थ्य सामग्री एवं उपकरण हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
USAID-plane-support-covid.jpg

काठमाडौं। कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री परिचालन गरेका हुन् ।

अमेरिकी र स्विस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई हस्तान्तरण आजै हस्तान्तरण गरेका छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई एघार लाख थान एन्टिजेन टेष्ट किट, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान अक्सिजन नेजल क्यानुला, ४० वटा भेन्टिलेटर, एक लाख १० हजार वटा के एन ९५ मास्क, ५० हजार वटा पञ्जा, १५ हजार थान व्यक्तिगत सुरक्षा उपकरण, १२०  वटा मास्क फर हमिल्टन टीआई, १४० थान सर्किट भल्भ फर हमिल्टन टीआई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री त्रिपाठीले मित्रवत् स्विस सरकार र जनताको उदार सहायताप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहयोग सङ्क्रमण नियन्त्रण, जीवन रक्षा तथा कोरोना जीवाणुविरुद्धको नेपाल सरकारको लडाइँमा उपयोगी हुने विश्वास व्यक्त गरे । उनले समयमै सहायता सामग्री उपलब्ध गराउन यहाँस्थित स्विस दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

यसैगरी अमेरिकाबाट प्राप्त सहायता सामग्री अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) र यहाँ स्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेका उक्त मन्त्रालयले जनाएको छ । अमेरिकी सहायताको यो पहिलो खेप हो । मालवाहक अमेरिकी विमानबाट सहायताका अरू दुई खेप नेपाललाई प्राप्त हुने र  यो सहयोग युएसएआईडीमार्फत यसअघि अमेरिकाबाट प्राप्त अतिरिक्त सहायता भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, १०० थान भेन्टिलेटर, कोरोना जीवाणु परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, चिकित्सा अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन् । अमेरिकी सरकारले उदात्त भावनाका साथ गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले त्यसबाट दुई देशबीचको लामो समयदेखिको मैत्री प्रतिबिम्बित भएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ