arrow

राष्ट्रपतिको 'प्रतिगामी' कदमविरुद्ध शीतल निवास अगाडी नेविसंघको प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
NSU-dujang.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय खारेजको माग राख्दै नेविसंघका विद्यार्थीहरुलराष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका गरेका छन् ।

नेविसंघ नेता दुजाङ शेर्पा नेतृत्वमा शुक्रबारदेखि शुरु भएको प्रदर्शन शनिवार पनि जारी राखियो । संविधानको मर्मविपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको लागि सिफारिस गरेको र राष्ट्रपतिले गए राति अनुमोदन गरेकोमा विरोध गर्नुपरेको नेता शेर्पाले जानकारी दिए ।

प्रदर्शनका क्रममा उनीहरुले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न पनि माग गर्दै नारावाजी गरेका थिए। प्रदर्शनमा नेविसंघ नेताहरु परोपकार अधिकारी, सरोज तिमल्सिना, श्याम ओझा, नरेश विष्टलगायत सहभागि थिए ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पनि शनिवार युवा तथा विद्यार्थीलाई संघर्षमा उत्रन निर्देशन दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ