arrow

कोरोनाको तेस्रो लहरको आशंका, बालबालिका बचाऔं 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
corona-india-child.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहरले विश्वलाई आक्रान्त पारिरहँदा तेस्रो लहरसमेत शुरु भएको आशंका गरिएको छ । कोरोनाको पहिलो चरणमा वृद्धवृद्धालाई समस्या पारेको थियो । दोस्रो लहरमा युवा बढी प्रभावित भए भने तेस्रो लहरमा बालबालिका उच्च जोखिममा हुने प्रक्षेपण गरिएको छ । 

भारतमा अहिले दोस्रो लहरमा सबैभन्दा बढी संक्रमित र मृतक भइरहेका बेलामा तेस्रो लहर पनि केही दिनमै शुरु हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् । दोस्रो लहरमा संक्रमितहरुको कमी भइरहँदा तेस्रो लहरको सम्भावना आँकलन गरिएको हो । 

तेस्रो लहरमा भारतमा ३५ प्रतिशत जनता कोरोना संक्रमित आँकलनसमेत गरिएको छ । तेस्रो लहरमा बालबालिकादेखि किशोरकिशोरीहरु बढी संक्रमित हुन सक्ने समेत आँकलन गरिएको छ । 

यसैबीच राष्ट्रिय बाल अधिकार संरक्षण आयोग (ए)नसीपीसीआर) ले सबै राज्यमा एक हप्ताभित्र बच्चाहरुको स्वास्थ्य आँकडा आयोगमा बुझाउन पनि आदेश दिएको छ ।

एनसीपीसीआरका अध्यक्ष प्रियांक कानूनगोले स्वास्थ्य अवस्थाबारे दोस्रो लहरमै सामुन्ने आइसकेको बताउँदै स्थिति ठीक नभएको बताएको भारतीय अनलाइन दैनिक भास्करले लेखेको छ । 

भारतमा हाल २८ लाख २१८ सक्रिय संक्रमित रहेका छन् । २ करोड ६५ लाख २८ हजार ९७७ जना संक्रमित भएकामा २ करोड ३४ लाख १८ हजार ८३६ जनालाई निको भएको छ । 

२ लाख ९९ हजार २९९ जनाको ज्यान गएको छ । भारतले १९ करोड ५० लाख ४ हजार भन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ