arrow

विपक्षी गठवन्धनका दल सांसदको नागरिकता जुटाउँदै

एक ठाउँ भेला भएर अदालत जाने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
deuba-prachanda-nepal-yadav.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनबिरुद्ध उभिएका नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका पाँच दलले आफ्ना सांसदहरुको नागरिकता संकलन गरिरहेका छन् ।

प्रधानमन्त्री पदका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्दा विपक्षी गठवन्धनमा उभिएका दलहरुले अहिले आफ्ना १४९ सांसदको हस्ताक्षर र नागरिकता जुटाउँदै गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र-बाबुरामसमूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चासमेतका गरी विपक्षी गठवन्धनमा उभिएका दलले आफ्ना सांसदहरुको नागरिकता जम्मा गरिरहेको र त्यसपछि एकै ठाउँ भेला भएर सर्वोच्च अदालत जाने माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले जानकारी दिइन् । 

‘हामी आफ्नै दलमा छौं, नागरिकता जम्मा गर्ने काम भइरहेको छ, आआफ्नो दलमा नागरिकता जम्मा गरे सबै फेरी एक ठाउँमा भेला भएर अदालत जान्छौं,’ सांसद श्रेष्ठले भनिन् ।

शनिबार बसेको विपक्षी पाँच दलको बैठकले प्रतिनिधि सभा विघटनका बिरुद्ध राजनीतिक र कानुनी लडाइमा उत्रने निणर्य गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसंगको मिलेमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियतपूणर् किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको विपक्षी दल आबद्ध गठवन्धनको निश्कर्ष छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ