arrow

‘संसद विघटन जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती हो’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
studentt.jpg

काठमाडौं । पाँच विद्यार्थी संगठनले सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती भएको टिप्पणी गरेका छन् ।

विपक्षी गठबन्धननिकट मानिएका नेविसंघ, अखिल क्रान्तिकारी, माधव नेपालनिकटको अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौंले संयुक्त बक्तब्य जारी गर्दै संसद विघटन गर्ने सरकारको निर्णय देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा भएको औंल्याएका छन् ।

उनीहरुको विज्ञप्तिमा भनिएको छ ‘संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको छ ।’

कोरोना भाइरस ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध भएको ति संगठनहरुको निष्कर्ष छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ