arrow

माधव नेपाल पक्षका १८ सांसद नागरिकतासहित संसद भवनमा, को-को पुगे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
madhav-kumar-nepal-.jpg

काठमाडौं । वैकल्पिक सरकार गठन गर्नका लागि शेरबहादुर देउवाका पक्षमा उभिएका एमालेका माधव नेपाल समूहका सांसदहरु नागरिकतासहित संसद भवन पुगेका छन् ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटका लागि नागरिकता सहित हस्ताक्षर बुझाउन उनीहरु संसद नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् ।

सांसद सोमप्रसाद पाण्डेले १८ जना सांसद संसद भवन आइसकेको र अरु आउने क्रममा रहेको जानकारी दिए । नेपाल समूहका २६ सांसदले विपक्षी गठवन्धनका उम्मेदवार देउवालाई सघाएका थिए ।

पाण्डेका अनुसार आफूसहित अहिलेसम्मं एमाले सांसदहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, कृष्णलाल महर्जन, विरोध खतिवडा, रामकुमारी झाँक्री, झपटबहादुर रावल, निरादेवी जैनु, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कणर् कायस्थ र भवानीप्रसाद खापुङ संसद भवन बानेश्वर पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ