arrow

नागरिकता सम्बन्धी अध्यादेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
Bidhya-bhandari-parmanikarn.jpeg
फाइल तस्बिर

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेद्वारा जारी विज्ञप्तिमा ‘संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको’ उल्लेख छ।

सो अध्यादेशपछि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको आधारमा नागरिकता पाउने बाटो खुलेको छ। हालको कानुनमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दलको मागअनुसार केही दिनअघि नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषद्द्वारा पारित गराएर जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभामा दुई वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ। सत्तारुढ दल भित्रकै विवादपछि यो विधेयक संसद्मा रोकिँदै आइरहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ