arrow

सरकारमा गए स्वतः पार्टीबाट निकाल्ने उपेन्द्र यादवको चेतावनी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ ९ आइतबार
jasapa-rajpa.jpg

काठमाडौँ। जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबिचको विवाद उत्कर्षमा पुगेको छ। उपेन्द्र यादव पक्षले शनिवार र आइतबार काठमाडौँमा बोलाएको कार्यकारिणी समितिको बैठकले जसपाका कुनै नेता केपी ओली सरकारमा गए भने स्वतः पार्टीबाट निकाल्ने चेतावनी दिएको छ।

यादव पक्षले शनिवार ठाकुर, राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यादवले निकालेको विज्ञप्तिमा केपी ओली नेतृत्वको वर्तमान सरकारलाई प्रतिगमनकारी सरकार भनिएको छ।

विज्ञप्तिमा प्रधानमन्त्री ओली र राष्ट्रपतिबाट भएको कदम गैर संवैधानिक भएको भन्दै उक्त कदमको निन्दा र भर्त्सना गरिएको छ। पार्टी हित विपरीत जाने जसपाका नेताहरूमाथि छानबिन गरी कारबाही गरिने यादवले जनाएका छन्।

ठाकुर पक्षका नेताहरू सरकारमा जाने तयारी गरेको बेला यादव पक्षले सरकारमा गए पार्टीबाट निकाल्ने चेतावनी दिएको हो। ठाकुर पक्षले पनि उपेन्द्र यादव पक्षका नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

ठाकुर पक्षले पनि आइतबार बैठक बोलाइएको थियो। दुवै पक्षले आफूले बोलाएको बैठक मात्र आधिकारिक भएको र अर्को पक्षले बोलाएको बैठक विधान विपरीत भएको जनाएको छ।

ओली सरकार ढाल्ने कि ओली सरकार राख्ने भन्ने विषयमा विवाद बढ्दै गई जसपा भित्रको विवाद उत्कर्षमा पुगेको हो। अहिले पार्टी फुटको सङ्घारमा पुगेको छ। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ