- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कामचलाउ प्रधानमन्त्रीले नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन् ।
ओलीको यो कदम राष्ट्रिय हितप्रति वेवास्ता गर्ने र सत्ता स्वार्थका लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाती प्रबृत्तिको घोतक भएको रावलको आरोप छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गरेपछि रावलले सामाजिक संजालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।
रावलले लेखेका छन्, ‘सत्ता स्वार्थ र कुर्सी मोहका लागि प्रम केपी ओलीबाट सरकार काम चलाउ रहेको र नागरिकता सम्बन्धी विधयेक राज्य व्यवस्था समितिको प्रतिवेदनसहित संसदमा पेस भइसकेको अवस्थामा अध्यादेश जारी गरिएको छ । अध्यादेशमा नेपालको अस्मिता र दिर्घकालिन अस्तित्वसँग गाँसिएका विषयहरु विधेयकमा उल्लेखित विषयहरु गाँसिएका छैनन् ।
प्रधानमन्त्री पद जोगाउन महन्थ-महतो गुट पक्षलाई खुशी तुल्याउन नागरिकता जस्तो सम्वेदनशील विषयलाई हतियार बनाइएको छ । यो निन्दनीय छ । विधेयक संसदबाट पारित हुन नदिने प्रम स्वयमले आम निर्वाचन घोषण गरिसकेको अवस्थामा नागरिकता सम्बन्धी विधेयक ल्याउनु आपत्तिजनक छ । यो राष्ट्रिय हितप्रति वेवास्ता गर्ने र सत्ता स्वार्थका लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाती प्रबृत्तिकै घोतक हो ।’