arrow

कलंकीमा नेविसंघको राँके जुलुस, राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
NSU-julus.jpg
तस्विर : उर्मिला थपलियाको सामाजिक संजालबाट

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस निकट नेविसंघले आइतबार साँझ  राँके जुलुश निकालेको छ ।

संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसंगै कलंकीमा राँके जुलुस निकालेको हो ।नेविसंघकी महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा राकेजुलुस र पुत्ला दहन गरिएको हो।

‘कोभिड लागेर म बरु मर्न तयार छु तर यो देशको ब्यवस्था मर्न दिन्न’ भन्ने नाराका साथ राकेजुलुस निकालिएको महामन्त्री थपलियाले जानकारी दिइन् । प्रहरीले जुलुसमा हस्तक्षेप गरी पुत्ला खोसेर तितरबितर पारेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ