arrow

वाइसीएल नेपालले देशभरी राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
YCL.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपालले देशभरी राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक र प्रतिगामी कदम संसद विघटनविरुद्ध पुत्ला दहन गरिएको वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनाएका छन् । काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशका विभिन्न स्थानमा पुत्ला दहन गरिएको उनले बताए ।

अध्यक्ष सापकोटाले संकटको घडीमा मध्यराति सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतीको  नालायकी र कायरपन भएको आरोप लगाए ।  क्रान्तिकारी देशभक्त युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रबृत्ति र ब्यक्तिको विरोध गर्न उनले अपिल पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ