arrow

कोरोनाबाट बाँकेमा उपचाररत दाङ र बर्दियाका पाँच संक्रमितको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ जेठ १० सोमबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै बाँके बाहिरका छन् । मृतक बर्दियाका ३ जना र दाङका २ जना छन् । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा ३ बर्दियाका ४१ वर्षीय पुरुष, तुलसीपुर ६ दाङका ७१ वर्षीय पुरुष र बाँसगढी ६ बर्दियाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लमही ४ दाङका ४३ वर्षीय पुरुष र गुलरिया १२ दाङका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट बाँकेका २७३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २४५ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ