arrow

नेपालमा चक्रवातको सावधानी, सोमबारदेखि मौसममा असर, भारी वर्षाको खतरा, पर्वतारोहीलाई सचेत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
weather-chakrapat.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा सोमबार चक्रवातमा परिणत भई मंगलबार सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको भन्दै यसको नेपालमा पनि असर पर्ने सम्भावना रहेको जनाएको छ । 

विभागले सो चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । सो प्रणालीका कारण  मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

विभागले विशेष मौसमी बुलेटिन जारी गर्दै उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ । 

देशका धेरै स्थानहरुमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली भूभागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहिहरूलाई सतर्क रहन हुन अनुरोध गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको  र  सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने पनि जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ