- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा विपक्षी गठवन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनु पर्ने र प्रतिनिधिसभा विघटन खारेज हुनुपर्ने मागसहित पाँच विपक्षी दल सर्वोच्च अदालत पुगेका छन् ।
विपक्षमा रहेका नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव-डा.बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र राष्टिय जनमोर्चा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
ती दलले आफ्ना पक्षमा रहेका सबै सांसदलाई सशरीर सर्वोच्च लगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत सर्वोच्च पुगिसकेका छन् ।