arrow

विपक्षी गठवन्धनबाट १ सय ४६ सांसदको रिटः देउवालाई प्रधानमन्त्री नियुक्त र संसद विघटन बदर गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
deuba-dahal-nepal-yadav-suprement-court.jpg

काठमाडौं ।  विपक्षी गठबन्धन आबद्ध १४६ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

कांग्रेस नेता रमेश लेखकले विपक्षी पाँच दल आबद्ध सांसदहरु नागरिकतासहित सशरीर सर्वोच्च हाजिर भएर रिट दायर गरेको जानकारी दिए । उनले रिटमा मुख्य दुई विषयलाई समावेश गरिएको बताए ।

लेखकका अनुसार रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा बहुमत पुर्याएर माग दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुर्नस्थापनाको आदेश माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ