arrow

कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र नागरिकता विधेयक : विप्लव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
biplab.jpg

काठमाडौं । नागरिकता सम्वन्धित विवादित अध्यादेशको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको विधेयकबारे निर्णय लिंदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए त्यसो नगरिएको विप्लवको निष्कर्ष छ ।

सोमबार विप्लवले एक विज्ञप्ति जारी गर्दै हरेक नेपालीले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार भएको र त्यो सुविधा पाउनुपर्ने जनाएका छन् ।

‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हामो पार्टी त्यस्ता राष्ट्रहित विपरित कार्य नहोउन्, त्यस्ता निर्णय खोरेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ’ विज्ञप्तिमा भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ