arrow

माधव नेपाललाई अन्तिम अवस्थामा ककस्ले दिए धोखा, ककस्ले दिलाए भरोसा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
Madhav_Kumar_Nepal2.JPG.jpeg
फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गदै विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च अदालत पुगे पनि माधव नेपाल समूहका चार जनाले हस्ताक्षर गरेका छैनन् । प्रतिनिधि सभाका २७१ सांसदमध्ये १४६ सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धन सर्वोच्च गएकामा नेपाल समूहका  गोकर्ण विष्ट, राजबहादुर बुढा, गणेश पहाडी र पवित्रा निरौला खरेलले त्यसमा हस्ताक्षर गरेका छैनन्। 

सबै हस्ताक्षर सांसदलाई सनाखतका लागि सशरीर उपस्थित गराएका विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि जेठ ७ मा राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गराउँदा १४९ सांसदको हस्ताक्षर थियो । तर अहिले १सय ४६ मात्रै भएका छन् । जसमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका माधव नेपाल समूहका २६, जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम पक्ष) का १२, राष्ट्रिय जनमोर्चाका १ गरी त्यस वेला १४९ सांसदको हस्ताक्षर थियो, तर अहिले ४ जना घटेका हुन् । 

सर्वोच्चमा शसरीर उपस्थित भएर सनाखतमा जाने विपक्षी गठबन्धनका शीर्ष नेताहरूले भनेपछि एमालेको माधव नेपाल समूहका चार नेताले हस्ताक्षर गर्न सोमबार सिंहदरबार गएनन्। पहिला हस्ताक्षर नगरेका थप एक नेपाल पक्षका सांसद कातिला खातुन सिंहदरबारमा हस्ताक्षरका लागि पुगेकी  थिइन्।

एमाले कार्यदलमा समेत रहेका विष्ट भने पार्टी विभाजन गर्नुहुन्न भन्ने पक्षमा रहेका छन् । ओली र नेपालबिच कुराकानी गराउने एक पात्र मध्य विष्टले तत्काल पार्टी विभाजन भए कम्युनिस्ट आन्दोलनमा क्षति पुर्‍याउने बताउँदै आएका थिए । 

यस अगाडी नै नेपाल पक्षका नेता विष्टले हस्ताक्षर गर्न मानेनन् र गरेका थिएनन् । उनी हस्ताक्षर गर्न सिंहदरबारमा नपुगेपछि उनका प्रेस सहयोगी मदन खनालले उच्च ज्वरो आएका कारण बाहिर ननिस्केको जानकारी गराएका छन् । ‘गोकर्ण विष्ट उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहनुभएको सबैमा जानकारी गराउँदछु’, विष्टका प्रेस सल्लाहकार मदन खनालले भनेका छन् । 

पहाडी भने योगेश भट्टराईसँग नजिक छन् । यस्तै माधव समूहका अर्का एक सांसद पनि बिरामी भएका कारण हस्ताक्षर गर्न आउन नसकेको बताइएको छ । पवित्रा निरौला खरेलले भने झापा पुगेकी छिन् । ओलीले नेपाल पक्षका ११ जनालाई एमालेले हस्ताक्षरमा लागेको भन्दै स्पष्टीकरण सोधेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ