arrow

नागरिकता सम्बन्धी अध्यादेश बदरको माग राख्दै सर्वोच्चमा रिट दायर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
supreme-court-long.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको नागरिकता सम्बन्धी अध्यादेश बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बरिष्ठ अधिवक्ताहरु बोर्ण बहादुर कार्की, बालकृष्ण न्यौपाने, विजय प्रकाश मिश्र र डम्बर विक्रम कार्कीले नेपालको संविधानसँग बाझिने नेपाल नागरिकता अध्यादेश २०७८ नेपालको संविधान धारा १३३(१)अमान्य र बदर गरिपाउँ भनि रिट दायर गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन)अध्यादेश, २०७८ आइतबार जारी गरेकी थिइन ।

रिट निवेदकहरुले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । राष्ट्रपति कार्यालयका अनुसार नेपालको ‘संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको’ उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ