- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ५ जना, दाङका ३ जना र बर्दियाका २ जना छन् ।
जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत तुलसीपुर ८ दाङका ५६ वर्षीय पुरुष, कोहलपुरका ४७ वर्षीय पुरुष, नेपालगन्ज १८ की ८५ वर्षीया महिला, तुलसीपुर १२ दाङकी ४० वर्षीया महिला, बढैयाताल ६ बर्दियाकी ६० वर्षीया महिला, कोहलपुर १० बाँकेका ७१ वर्षीय पुरुष र खजुरा ४ बाँकेकी ३२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ ४ बाँकेकी ३८ वर्षीया महिला, बाँसगढी ३ बर्दियाका ६५ वर्षीय पुरुष र घोराही १८ दाङका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । यो संगै कोरोनाबाट बाँकेका २७९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २५१ जनाको मृत्यु भएको छ ।