arrow

सीसीएमसीको सीईओमा पूर्वरथी शर्मा नियुक्त, सेना परिचालन गर्नेसम्मको अधिकार 

logo
चन्द्र धामी,
प्रकाशित २०७८ जेठ ११ मंगलबार
balananda-sharma-ccmc-ceo.jpg

काठमाडौं । सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) पुनर्गठन गरेको छ। केही दिनअघि कोरोना नियन्त्रण सम्बन्धी अध्यादेश जारी गरेको सरकारले सीसीएमसीको पुनर्गठन गरेको हो ।

अब सीसीएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहने भनिएको छ । यस्तै, ससरकारले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई सीसीएमसीको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ नियुक्त गरेको छ।

कोरोना खोपमा कमिशन काण्ड भएपछि विशेष खालका मुद्दा मामिला मिलाउन सीईओको व्यवस्था गरिएको बताइएको छ । शर्माको हैसियत नेपाल सरकारका सचिव सरह हो । उनी नेतृत्वको समितिलाई आपतकाल घोषणा गरेर सेना परिचालन गर्नसक्ने सम्मको अधिकार सरकारले दिएको छ। कोरोना प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ।  

नेपाली सेनाका पूर्वरथी शर्मा स्थापना चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखसमेत थिए। फोर्स कमाण्डरको रूपमा समेत काम गरे उनी नेपाली सेना र तत्कालीन माओवादी सेनाबीच भएको समायोजनमा सहजीकरणको भूमिकामा थिए ।

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, स्वास्थ्य तथा जनसंख्या, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ