arrow

यास चक्रवातको प्रभाव : उपत्यकालगायत यी ठाउँमा बर्षा, शुक्रबारसम्म मौसम प्रतिकुल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
weather.jpg

काठमाडौं। काठमाडौं उपत्यकामा पानी परेसँगै बंगालको खाडीमा रहेको यास चक्रवातको असर परेको देखिएको छ । यो चक्रवातका कारण आगामि शुक्रबारसम्म देशभरको मौसममा गडबडी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवातका कारण काठमाडाैं उपत्यकालगायत प्रदेश ३, २ र १ का विभिन्न स्थानमा पानी परिरहेकाे माैसमविद् समिर श्रेष्ठले बताएका छन् ।

चक्रवातकै कारण  आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेकाे छ। 

प्रदेश १, प्रदेश २, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको भइरहेकाे र हुने सम्भावना रहेकाे छ ।

महाशाखाका अनुसार बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

त्यस्तै भोलि,को मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ । भोलि प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

पर्सि अर्थात जेठ १३ गते बिहीबार, देशशभर सामान्यतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, लुम्बिनी तथा बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

बंगालको खाडीमा रहेको यास चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने भोलिसम्म शक्तिशाली रहने जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ