arrow

वीर अस्पतालमा भ्रष्टाचार भएको भन्दै सम्बन्धित सबै निकायमा उजुरी [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
NAMS-bir-hospital.jpg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कर्मचारीहरूले प्रतिष्ठानका उपकुलपति  र खरीद एकाई लगायतले  भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री एवंं कोभिड १९ निर्देशन समितिका अध्यक्ष, अख्तियार, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्री, सम्पत्ति शुद्धीकरण लगायतमा आवश्यक कागजपत्रसहित उजुरी दिएका छन् । 

उजुरीमा कमिशन नपाएका कारण दर्जनौ उपकरण मर्मत नगरेको, सर्तकता केन्द्रले दोषी देखाएकालाई कमिशन खाएर कारबाही नगरेको, स्वास्थ्य मन्त्रालयले १०० बेड एचडीयू निर्माण गर्ने बजेटसहित निर्देशन दिए पनि कमिशन नमिल्दा आवश्यक सामान खरिद नगरेको, कमिशनको चक्करमा आफू निकटलाई दुवाकोट परियोजनाको डीपीआर गर्ने दिन नपाएपछि रु ८० करोड बजेट फ्रिज गराएको लगायतका आरोप लगाइएको छ । 

त्यस्तै कमिशनमै कुरा नमिल्दा समयमै नयाँ सर्जिकल भवन हस्तान्तरण गरी लिन नसकेको र हाल स्वास्थ्य मन्त्रालयले आफैं जिम्मा लिँदै भवन सञ्चालन प्रक्रिया अघि बढाएको, अख्तियारले बिगत ३ वर्षमा कुन कुन सामान को को सँग कुन प्रक्रियामा खरिद गरेको भनेर सात दिनभित्र जवाफ पठाउन गत कार्तिक २१ गते पत्र पठाए पनि हालसम्म आफू फसिने भएकाले कुनै जवाफ नदिएको, वीर अस्पतालमा भएको अनियमितता सम्बन्धमा प्रधानमन्त्री कार्यालयको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले गठित समितिलाई आवश्यक प्रमाणहरू नदिई छानबिन समितिलाई असहयोग गरेको लगायतका आरोप उजुरीमा समेटिएको छ । 

त्यसैगरी गत वर्षको माघ २ गते भीसी र शाअ रमणले बिना निवेदन १५ जना स्टाफ नर्स नियुक्ति गरेको, स्वास्थ्य मन्त्रालयले नयाँ भवन सञ्चालनलाई १०० जना नर्स र डाक्टर विज्ञापन गर्ने बजेटसहित दरबन्दी दिएपछि नर्स विज्ञापन गरेको १८०० जनाको निवेदन परेपछि भीसी र शाअ रमणले सट लिस्टिंगमा पैसा लिँदै आफूनिकटलाई लिस्टिंग गरेको, काठमाडौं महानगरपालिकाले सहयोग गर्ने १५ वटा भेन्टिलेटर र ५० वटा मनिटर सिधै आफूनिकट म्याक्सिम भन्ने फर्मलाई दिने यही ३ गतेको कार्यकारीबाट पास गराएको र अन्य सदस्यहरूले विरोध गरेपछि खरिद प्रमुख भगवती र भीसीले उसैलाई हुने गरी गत जेठ ९ गतेको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको र भीसीले आफू पनि काम नगर्ने र अरु काम गर्न खोज्ने पदाधिकारीलाई पनि अधिकार नदिने गरेको  भन्दै कर्मचारीहरुले सबै बिषयमा छानबिन र निजहरुको सम्पत्ति पनि छानबिन गर्न माग गरेका छन् ।  

उनीहरुले २०७७ सालमै २२ वटा अनियमितताका कामहरु भएको भन्दै सम्बन्धित निकायमा पत्र लेखेका हुन् । 

पत्रसहित  

                
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ